Latest
Loading...

१९१ अंकको करेक्सनपछि नेप्सेमा करिब ८० अंकको बृद्धि, कारोबार रकम भने १० अर्बमा सिमित

१९१ अंकको करेक्सनपछि नेप्सेमा करिब ८० अंकको बृद्धि, कारोबार रकम भने १० अर्बमा सिमित

 गत पाँच कारोबार दिनमा १९१ अंकले घटेको नेप्से सूचक मंगलबार एकैदिन ८० अंकले बढेको छ। यस दिन कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा नेप्से सूचक उच्च अंकले बढेको हो।

मंगलबार नेप्से सूचक उच्च अंकले बढे पनि कारोबार रकम भने खासै बढ्न सकेन। १९ अर्ब भन्दा माथिसम्म पुगेको कारोबार रकम मंगलबार १० अर्ब रुपैयाँमा सिमित भएको छ।

मंगलबार नेप्से सूचक ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १६.२० अंकले बढेर ५३६.३४ विन्दुमा पुगेको छ। यस दिन २२३ वटा कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँमा खरिद बिक्री भएको छ।

  • ३३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार ६ कम्पनीको भने घट्यो

मंगलबार कारोबारमा आएका ३३ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पाँच कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने २८ कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ। मंगलबार जानकी फाइनान्स,बरुण हाइड्रोपावर,जलविद्युत लगानी तथा विकास कम्पनी, ङादी ग्रुप पावर र पञ्चकन्या माइ हाइड्रोपावर उच्च रुपले शेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा छन्।

मंगलबार ६ वटा कम्पनीको शेयरमूल्य भने सामान्य घटेको छ। यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य १.५९ प्रतिशतले घटेको छ भने रुरु जलविद्युतको ०.३१ प्रतिशत,आरम्भ चौतारी लघुवित्तको ०.२० प्रतिशत,नेरुडे लघुवित्त,सुर्योदय लघुवित्त र सबैको लघुवित्तको शेयरमुल्य ०.०६ प्रतिशतले घटेको छ।

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ३२ करोड २५ लाख, नेशनल हाइड्रोपावरको २६ करोड ३४ लाख र नेपाल इन्फ्रास्टक्चर बैंकको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। जसमा विकास बैंक,हाइड्रोपावर र फाइनान्स कम्पनी उपसमूहको सूचक ५ प्रतिशतभन्दा धेरैले बढेको छ।

No comments:

Post a Comment