Latest
Loading...

लगानी गर्ने कि नगर्ने ? मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ बाट बजारमा आउँदै

लगानी गर्ने कि नगर्ने ? मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ बाट बजारमा आउँदै

 लगानी गर्ने कि नगर्ने ? मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ बाट बजारमा आउँदै

लगानी खबर, काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ असार १७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । 

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

कति दिने आवेदन ?
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कहाँ-कहाँबाट दिने आवेदन ? 
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । 

आवेदन कहिलेसम्म दिन सकिन्छ ?
लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

रेटिङ कति ?
संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संस्थालाई नेपाल धितोपत्र बोर्डले असार ६ गते आईपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १४ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।  
   
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले जम्मा पुँजीको ३२.११ प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो । 

आईपीओको बारेमा थप विवरणका लागि तलको विवरणपत्र हेर्नुहोस् :-

60d295343b8e8.jpg

No comments:

Post a Comment